विरोध हुदै छ भन्ने सूचनाको आधारमा तिब्बती शरणार्थी धमाधम पक्राउ

  • 7
    Shares

चाईनाका राष्ट्रपति सीको नेपाल भम्रणमा विरोध प्रर्दशन हुन सक्ने भन्दै तिब्बती शरणार्थी धमाधम पक्राउ पर्न थालेका छन्।

सीको भ्रमणमा तिब्बती शरणार्थीले विरोध प्रदर्शन गर्न सक्ने आँकलन गर्दै नेपाल प्रहरीले ‘स्वतन्त्र तिब्बत’ को नारा लेखेको टिसर्ट, झोला र ब्यानर प्रयोग गर्नेहरुलाई पक्राउ गर्दै अनुसन्धान थालेको हो ।
सी असोज २५ गते भारतको चेन्नईबाट सोझै काठमाडौं आउने कार्यसूची छ । असोज २६ गते आइतबार उनी बेइजिङ फर्कने छन्।

केही दिनभित्र काठमाडौंको बौद्ध र ललितपुरको जावलाखेलबाट पाँच जना तिब्बती शरणार्थी र एक जना नेपालीलाई पक्राउ गरी सोधपुछपछि स्रोतको दावी छ ।

नेपाल प्रहरीले तिब्बती शरणार्थीहरुका गतिविधिमाथि कडा निगरानी राखिएको बताए छ ।असोज १७ गते ३६ वर्षीय फुरी शेर्पा गोकर्णमा ‘स्वतन्त्र तिब्बत’ को लोगो भएको कालो ज्याकेट लगाएको अवस्थामा पक्राउ परेका थिए ।
बौद्धबाट पनि अरु दुई जना तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरेको थियो।

बौद्धबाट २८ वर्षीय निमा छम्जि र ३९ वर्षीय मिङमा डोमा पनि ‘स्वतन्त्र तिब्बत’ र ‘टीम टीवेट–०८’ लेखेको टिसर्ट लगाएको आरोपमा नै पक्राउ परेका हुन्। बौद्धबाटै असोज २१ गते ‘टीम टीवेट–०८’ लेखेको टीसर्ट लगाएका टासी छोर्टेन पनि पक्राउ परे।विभिन्न मिति र ठाउँमा पक्राउ परेका तिब्बतीहरुले उस्तै नारा र लोगो भएका टिसर्ट, झोला र ज्याकेट प्रयोग गरेका थिए।

दलाई लामाका नेपाल प्रतिनिधि सुल्ठिम ग्यात्सोसहित तिब्बती शरणार्थीका ३३ जना प्रतिनिधि भने यतिबेला भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा छन्।

प्रकाशित : २०७६, २२ आश्विन बुधबार १९:५४