प्रधानमन्त्री ओलीले आज ९ वजे पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै 

  • 4
    Shares

२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति “सी”को भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने छन् ।

राष्ट्रपति विद्या देवी भण्डारीकाे निम्ताेमा चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने  भएपछि आज ९ बजे प्रधानमन्त्री निवासमै पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने लागेका हुन् ।

यो छलफलमा सीको भ्रमण तयारी र एजेण्डाबारे छलफल हुने छ । राष्ट्रपति तहमा पछिल्लो पटक सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए ।

२३ वर्षपछि हुन लागेको चीनको राष्ट्रपतिको नेपाल भ्रमणलाई नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत चासाेका साथ हेरिरहेको छ । सी काे भ्रमणलाई फलदायी बनाउन सके बर्तमान सरकारले नेपाललाई बिकासकाे गतिमा एक पाईला भए पनि अगाडि वढाउन सक्ने जानकारहरू बताउदै आएका छन् ।

प्रकाशित : २०७६, २३ आश्विन बिहीबार ००:३९