सिन्धुपाल्चोकको बडहरे झिल्केमा बस दुर्घटना, ११जनाको मृत्यु, ४२ जना घाईते

  • 1
    Share

२४ असोज, काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ११ जना यात्रुको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको हो ।

उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।मृत्यु हुने मध्ये इन्द्रावती ९ की ४६ वर्षीय जुनादेवी लम्साल र इन्द्रावती १० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ ।दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ ।

घाईतेहरुको धुलिखेल अस्पताल र बनेपा स्थित सिरमेमोरियल अस्पतालमा लगिएको छ ।बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो ।