राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच भेटवार्ता सम्पन्न

  • 37
    Shares

काठमाडाैं, २५ असाेज : राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता सम्पन्न भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको वार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको बताइएको छ।

उहाँहरुबीच करिब आधा घण्टा छलफल भएकाे छ । छलफलमा द्धिपक्षीय हितको विषयमा छलफल भएकाे बताइएकाे छ । आज साँझदेखि नेपालको औपचारिक भ्रमण आरम्भ गर्नु भएका चिनियाँ राष्ट्रपति सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनु भएको हो ।

राष्ट्रपति सी आज नै राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।

प्रकाशित : २०७६, २५ आश्विन शनिबार २३:०९