शितल निवासमा राष्ट्रपति भण्डारी र सीबीच भेटवारर्ता पर्यटन र रेलको लगायत कुरामा केन्द्रित

  • 12
    Shares

नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले समकक्षी विद्यादेवी भण्डारी विच बार्ता भएको छ ।
त्रिभुवन विमान स्थलवाट सिधै सोल्टी होटल पुगेका चिनियाँ राष्ट्रपति सी करिव आधा घण्टा पछि राष्ट्रपति निवासकालागि भेटवार्ताका लागि गएका थिए ।दुई राष्ट्रपतिबीच साँझ सात बजेपछि राष्ट्रपति भवन शितल निवासमा भेट भएको थियो ।भेटका क्रममा दुई राष्ट्रपतिले दुई पक्षीय सम्बन्ध, आपसी हित र सहकार्यबारे कुराकानी गरेका हुन् ।

झन्डै ४० मिनेट भएको कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले दुई देशको समुन्तीमा कुराकानी भएको बताईएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीलेकेरूङ(काठमाडौं रेलमार्गलाई पोखरा र लुम्बिनीसम्म र्पुयाउने, नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटक ल्याउने विषयमा छलफल भएको छ ।नेपाल र चिन विचको व्यापार, आर्थिक लगानी र देश समृद्धिको आधार तय गर्ने कुरामा विशेष छलफ भएको हो ।

सीले नेपाल भ्रमण वर्षमा चिनियाँ नागरिकलाई नेपाल घुम्न प्रेरित गर्ने पनि बताएका छन् । सिले नेपालको आर्थिक विकासमा चिन सरकार सधैनै साथ र सहयोग गर्ने तयार रहेको बताएका थिए ।

प्रकाशित : २०७६, २५ आश्विन शनिबार २३:२४