चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न नेपाल स्काउटका विद्यार्थी सडकमा(फोटो फिचर)

  • 18
    Shares

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न नेपाल स्काउटका विद्याथीहरुले स्वागतमा खटिएका छन् ।

बाजागाँजा सहितको टोली सहति नेपाल स्काउटाका विद्याथीहरु सोल्टी होटलको मुख्य प्रेवेश द्धारमा भेला भएर राष्ट्रपति सीको स्वागतका नेपाल र चीनको राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका हुन् ।

राष्ट्रपति सी आउनु भन्दा अगाडी देखिनै आएका स्काउटका विद्याथीहरु लामो समयको पर्खाइको कारण थकित भएर भुइँमा वसेका थिए त कोही स्वागतका लागि तयारी अवस्थामा देखिन्थे ।

चीनबाट २३ वर्षपछि उच्चस्तरीय भ्रमण भएकाले सरकारले स्वागतदेखि सुरक्षा प्रवन्धसम्म विशेष तयारी गरेको छ ।सडक किनारका खम्बाहरुमा चिनियाँ राष्ट्रपति सीका तस्वीर र दुवै देशका राष्ट्रिय झण्डा राखिएको छ ।

सुरक्षा बेवस्था निकै कडा पारिएको छ । नेपाली सेनाले हवाई गस्ती समेत गरेको थियो ।दुईदिने औपचारिक भ्रमणका लागि शनिबार नेपाल आएका सी आइतबार अपराह्न स्वदेश फर्किने छन् ।

प्रकाशित : २०७६, २६ आश्विन आईतवार ००:०१