प्रधानमन्त्रीले शिलान्यास गरे दहचोक–सिस्नेखोला सुरुङमार्ग

  • 14
    Shares

४ कात्तिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको दहचोक–सिस्नेखोला सुरुङमार्गको सोमबार शिलान्यास गरेका छन् ।

चन्द्रागिरि नगरपालिका स्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्रीले सुरुङमार्ग शिलान्यास गरेका हुन् ।

सुरुङमार्ग निर्माणका लागि ५ अर्ब ५० करोड २ लाख १३ हजारमा जापानी कम्पनीसँग सम्झौता भइसकेको छ । २.६८८ किलोमिटर लामो हुने सो सुरुङमार्ग आगामी ४२ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

उद्घाटन समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री विना मगर, प्रतिनिधि समा सांसद कृष्णगोपाल श्रेष्ठ,प्रदेश सांसद केशव पोखरेल, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सुरुङमार्फत निर्माणका लागि जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) ले सहुलियत ऋण उपलब्ध गराउने छ ।

प्रकाशित : २०७६, ४ कार्तिक सोमबार २१:३२