महिलालाई डोजरले हुत्याउने डोजर चालक प्रहरी नियन्त्रणमा

  • 13
    Shares

 

सामाजिक संजालमा महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बोहरामाथि हाल अनुसन्धान भइरहेको छ।

सुण्नाखानदेखि पार्स सम्मको सडक निर्माणका बिषयमा सहमतिविपरीत सडक निर्माण गर्न थालिएको भन्दै एउटा पक्ष विरोधमा उत्रिएपछि सोमबार झडप भएको हो । विवाद हुँदा ८ जना घाइते भएका थिए। डाेजर लागेर घाइते महिला गौरी जोशी र सुरेन्द्र प्रसाद जोशीको धनगढीमा उपचार भइरहेको छ।

सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएकोमा उनीहरु जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन्।

प्रकाशित : २०७६, ५ कार्तिक मंगलवार १३:१८