विप्लव समूहको बैठकमा भएको १२ बुँदे निर्णयको (पूर्णपाठ)

  • 2
    Shares

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको आठौं बैठक सोमवार पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवको अध्यक्षतामा बसेको छ । बैठकमा पार्टीले १२ बुँदे निर्णय गरेको छ ।

उक्त पार्टीले वर्तमान सरकार विभिन्न काण्डमा मुछिएको र समस्या ज्यूका तिहुँ भएको आरोप लगाउँदै जनतालाई आउँदा दिनमा भूमाफिया,तस्कर र ठगहरुबाट मुक्त गराउन प्रयास गरिने उल्लेख गरेको छ ।

बैठकले पार्टीको केन्द्रीय सदस्य रहेका गुणराज लोहनीलाई स्वास्थ्य समस्या आएपछि पार्टीबाट पदमुक्त गरिएको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
प्रकाशित : २०७६, ५ कार्तिक मंगलवार १३:२७