तेस्रो एडिभिजन चन्द्रागिरी मेयर गोल्डकप कार्तिक ३० देखि

  • 519
    Shares

रोशन दानी  ५ कात्तिक ,काठमाडौं  तेस्रो संस्करणको चन्द्रागिरी एडिभिजन गोल्डकप फुटबल प्रतियोगिता सरु हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दे यही कार्तिक ३० गतेदेखि तेस्रो एडिभिजन चन्द्रागिरी मेयर गोल्डकप सुरु हुने भएको जानकारी गराईएको हो ।

आयोजक दीपशिखा युवा समूहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्डकपको मिति सार्वजनिक गरेको छ ।

कार्तिक ३० गतेदेखि मंसिर ७ गतेसम्म प्रतियोगिता चन्द्रागिरी नगरपालिका नैकापस्थित नैकाप खेल मैदानमा आयोजना हुने दिपशिखा युवा समूहका अध्यक्ष रवि वुढाथोकीले जनाकारी दिए ।

विभिन्न ए डिभिजन क्लवको सहभागितामा हुदैं आएको प्रतियोगिताको पहिलो संस्करण ब्राइट फ्युचर युथ समूहले आयोजना गरेको थियो भने दोस्रो संस्करण दीपशिखाले नै नै आयोजना गरेको थियो ।

खेल प्रतियोगिताका संयोजक पुर्व राष्ट्रिय खेलाडी रमेश वुढाथोकीले प्रतियोगितामा आयोजकको दुई टोली सहभागी हुने बताए ।उनले आयोजकको तर्फबाट दीपशिखा युवा समूह र चन्द्रागिरी नगरपालिकाको टोली सहभागी हुनेछ भने त्यसबाहेक ‘ए’ डिभिजनका ८ देखि १० टोलीको सहभागिता रहने जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका नगर प्रमूख घनश्याम गिरीले चन्द्रागिरिमा राष्ट्रिय स्तरका खेलहरु गराउन पाउदा नगरकै आर्थिक, समाजिक र नगरको परिचयमा थप टेवा पुग्दै आएको विश्वास गरे । उनले यस कपले राष्ट्रिय स्तरमा समेत चर्चा परिचर्चा मात्र नभई खेलको विकासमा एउटा भए पनि ईट्टा थप्ने बताए ।

पत्रकार सम्मेलनमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटका आधारमा प्रतिस्पर्धा गराइने जनाईएको छ । आयोजकका अनुसार यसवर्ष पुरस्कार राशीमा ५० हजार रुपैयाँ वृद्धि गरिएको छ । तेस्रो संस्करणको विजेताले ६ लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

सर्वाेत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्तालाई समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालयन शेर्पा तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

प्रकाशित : २०७६, ५ कार्तिक मंगलवार १९:००