सिउचाटारमा चरेस बेच्दै गर्दा एक महिला सहित दुई पक्राउ

  • 6
    Shares
काठमाडौं । नागार्जुन नगरपालिका वडा नं ९ सिउचाटार बुढाथोकी गाउँ स्थित रिता सिजापतिको घरबाट दुई केसी चरेस बरामद भएको छ ।
मकवानपुर स्थायी घर भइ  सिउचाटार बस्ने उत्तम दुलालले रु १५०० को चरेस किनेर सिजापतिको घरबाट बाहिरिने क्रममा प्रहरीले पक्राउ परेको हो । पक्राउ पर्नेमा १ महिला सहित २ जना छन् ।
कालिमाटी प्रहरी बृत प्रमुख एवं डिएसपी रुगम कुँवरको कमान्डमा खटिएको प्रहरी टोलीले सर्च अभियान अन्तरगर्त रिता सिजापति र उत्तम दुलाललाई पक्राउ गरेको हो ।
उनीहरुलाई लागु औषध ऐन अनुसार कारवाही गरिने डिएसपी बताए ।