कपिलवस्तुमा प्रहरीले गोली चलायो, एकजनाको मृत्यु

  • 49
    Shares

बुटवल । कपिलवस्तुको कृष्णनगर बजारमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर कृष्णनगरका २० वर्षीय सुरवकुमार पाण्डेको मृत्यु भएको हाे ।

लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको थियो । स्थिति नियन्त्रण लिन भन्दै प्रहरीले चलाएको गोली लागेर पाण्डेको मृत्यु भएको हो ।

एकजनाको मृत्यु भएपछि कपिलबस्तुको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजार तनावग्रस्त बनेको छ । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कृष्ण नगर बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज दिउसो ११ बजेबाट अर्को आदेश नभएसम्मका लागि प्रशासनले कृष्णनगर भन्सार कार्यालयको उत्तरतर्फ सात सय मिटर र पश्चिम तर्फ सात सय मिटर, र पुर्व तर्फको तीन सय मिटर क्षेत्रमा कर्फ्युआदेश जारी गरेको हो ।

प्रकाशित : २०७६, १४ कार्तिक बिहीबार १४:१२