२५ जुवाडेलाई ७ दिन थुनामा राख्न अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौको आदेश

काठमाण्डौं १४ कार्तिक  महाराजगञ्जबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडेमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिन म्याद गरेको छ ।

उनीहरूमाथि अनुसन्धान गर्न सात दिन म्याद थपेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी उमेश सिन्युज नेपाललाई जानकारी दिएका हुन् ।

बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका ‘हाइप्रोफाइल’ जुवाडे आज सर्वोच्च अदालतमा उपस्थित गराईदै छ डिएसपी लम्सालले जानकारी दिए ।

करोडौ रुपयाँ सहित महाराजगञ्जबाट महानगरीय प्रहरी वृत्तले २५ जना ‘हाइप्रोफाइल’ जुवाडेलाई पक्राउ गरेको थियो।

उनीहरूबाट प्रहरीले दुई करोड ६७ लाख रूपैयाँ र ३ लाख बराबरको चेकसमेत बरामद गरेको थियो । यो अहिले सम्मकै ठूलो परिणामको नगद सहित जुवाडे पक्राउ गर्ने प्रहरी सफल भएको पहिलो घटना समेत रहेको छ ।

प्रकाशित : २०७६, १४ कार्तिक बिहीबार १५:३२