मन्त्रिपरिषदको आकस्मिक बैठक स्थगित

  • 1
    Share

कात्तिक १७, काठमाडौं । आकस्मिक बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ ५ बजेका लागि बोलाएको मन्त्रिपरिषदको ‘आकस्मिक’ यसअघि डेढ घण्टा सारेर साढे ६ बजेका लागि बोलाइएको थियो । बैठकले प्रदेश प्रमुख सिफासिर गर्ने तयारी थालेको थियो ।

तर, सचिवालय सदस्यहरुले प्रदेश प्रमुख नियुक्तीका लाथि थप गृहकार्य आवश्य रहने भनेपछि आइतबार बस्ने भनिएको बैठक स्थगित भएको हो । अर्को बैठक विहान ११ बजेका लागि बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

आइतबार बिहान ११ बजे समेत मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकले त्रिबी उपकुलपति, मडिकल काउन्सिलको अध्यक्ष नियुक्ति र प्रदेश प्रमुख पदमुक्तका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिस अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिसकेकी छन् ।

प्रकाशित : २०७६, १७ कार्तिक आईतवार २२:२७