समाजिक क्षेत्रमा क्रियाशिल बन्दै ‘साईनो’

  • 103
    Shares

समुदाय प्रहरी साझेदारी अन्तर्गत साईनोको सहकार्यमा ‘म बाँचेकै सबैलाइ माया गर्न, म बाँचेकै मानवता जोगाउन, आउनुस् एक छाक तपाईं छोड्नुस् एक छाक म छोडौला, अनि देखिनेछ मन्द मुस्कान ती हरेक भोकले सोकमा परेका नेपालीहरुको ओठमा’ भन्ने नाराको साथ एक दिने वृद्धाआश्रमका आमाहरुलाई खान खुवाउने कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका संयोजक अविषेक श्रेष्ठले समाजको रुपान्तरण आफै वाट हुनु पर्ने बताउदै समाजमा भएका बिकृतिहरुलाई हटाउदै सोच्छ समाज निमार्ण अभियानमा लाग्ने बताए ।

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काले समुदाय प्रहरी साझेदारी मार्फतनै समाजमा भएका हरेक गतिविधिहरुलाई निराकरण गर्दे जाने र हरेक सामाजिक गतिविधिलाई सबैको साथ र सहयोगबाट अगाडी बढाउने बताए ।

साईनोले देशका विभिन्न उत्पिडनमा परेका वर्ग समुदायका लागि काम गर्ने लक्षका साथ अगाडी वढी रहेको छ । केहि महिना अगाडी मात्र उक्त समुहले चेपाङ्ग वस्तिका वालवालिकाहरुलाई शैक्षिक समाग्री लत्ता कपडा समेत वितरण गरेको छ ।

प्रकाशित : २०७६, १८ कार्तिक सोमबार २०:०९