विस्फोटमा परेर एक प्रहरी जवान घाइते भएका छन् । सुतली बम प्रहार भएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले जानकारी दिनुभयो ।
विस्फोट कसले र किन गरायो भन्ने खुल्न सकेको छैन । प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । विस्फोट भएको प्रहरी चौकी भारतीय सीमा नजिकै पर्दछ ।