मोहम्मद अफताव आलमलाई थुनामा राख्न जिल्ला अदालत रौतहटको आदेश

  • 8
    Shares

रौतहट , २९ कात्तिक । जिल्ला अदालत रौतहटले राजपुर बम बिस्फोट प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आलमविरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार रौतहट जिल्ला अदालतले उनलाई थुनामा पठाउन आदेश दिएको हो। वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेपछि अदालतको यो आदेश आएको हो ।

बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे प्रश्न गरेका थिए । दुवैले न्यायाधीशसमक्ष आ आफ्नै भनाइ राखेका थिए ।

यो आदेशमा चित्त नबुझेमा आलमलाई उच्च अदालतमा निवेदन दिन पाउने बाटो भने खुल्ला रहेको छ ।

प्रकाशित : २०७६, २९ कार्तिक शुक्रबार १९:२८