प्रहरीलाई ५० हजार घुस दिने होटेल सञ्चालक महिला महाराजगञ्ज प्रहरीले पक्राउ गरि अत्तियार बुझायो

  • 18
    Shares

काठमाण्डौं  महानगरीय प्रहरी वृत्त महाराजगञ्ज वाट खटिएको प्रहरीलाई घुष दिन खोज्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौको टोखा नगरपालिका ५ बसुन्धरा स्थित आगमन फुडलेन्ड एन्ड गेस्ट हाउस मा अवैध गतिविधि हुने बिषेश सुचनाको आधारमा महानगरीय प्रहरी बृत महाराजगन्जको प्रहरी टोलिले छापा मारि चेकजाच गर्ने क्रममा प्रहरीलाई प्रलोभनमा पारी घुस दिन खोज्ने एक महिलालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले अवैध कृयाकलापमा हुदैछ भने सुचनाको आधारमा गएको प्रहरी टोलीलाई नगद ५० हजार घुस दिन खोज्ने महिलाई पक्राउ गरिएको बताए ।

डिएसपी लम्सालले भने,‘‘उक्त होटल कि संचालिका उदयपुरगढि गा पा ८ घर भइ टोखा बस्ने बर्ष ४० कि सोम माया राई लाई आवश्यक कानुनि प्रक्रिया पुर्याइ थप कानुनी कारवाहिको लागि अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा पठाएको छौं ।

प्रकाशित : २०७६, ३ मंसिर मंगलवार २२:०८