प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल पुनर्गठन, भोलि सपथ (नयाँ मन्त्रीमण्डलकाे नामावली सहित)

  • 57
    Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साझ मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको हाे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरेको सिन्युजलाई बताए ।

‘प्रधानमन्त्री र नेकपाका अध्यक्ष बिच लामाे छलफल पछि मन्त्रीहरूकाे नाम बेलुका टुङ्गो लगाएका थिए ।

लामाे छलफल पश्चात् मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाएकाे स्राेतले बतायाे । भोलि सपथ तय भएको छ भएकाे जनाईएकाे छ

स्राेतका  अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी भने खाेसिएकाे छैन । उपेन्द्र यादवकाे मन्त्रालय फेरिएको छ यादवको स्थानमा नेकपाका नेता भानुभक्त ढकाललाई स्थानतरण गरिएकाे छ । यादवले कानुन मन्त्रालयकाे जिम्मा दिईएकाे हाे ।

प्रधानमन्त्री ओलीले माेती दुगड,घनश्याम भुसाल, हृदयेश त्रिपाठी,बसन्त,लेखराज भट्ट र रामेश्वर राय यादव नेम्वाङ, र पार्वत गुरुङलाई मन्त्री नियुक्त गरेका छन् ।

स्रोतकाअनुसार यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी,भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रम मन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई मन्त्री  बाट हटाईएकाे छ ।

स्रोतका अनुसार नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइनेछ । भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।

उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनेछ । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ ।

भट्ट, राय यादवको मन्त्रालय खुलेको छैन । भट्टलाई श्रम मन्त्री बनाउने सम्भावना छ । यस्तै विमला राई पौडेललाई पनि मन्त्री नियुक्त गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार माअाेवादी वाट देवेन्द्र पाैडेललाई पनि कुनैै मन्त्रालयकाे जिम्मेवारी दिने बताईएकाे छ ।

नयाँ मन्त्रीमण्डलकाे नामावली सहित

प्रकाशित : २०७६, ४ मंसिर बुधबार २१:५७