ट्रक तथा टिपर व्यवसाय मर्यादित र अनुशासित वनाउन सरकार गम्भीर रहेकाे प्रति ध्यानाकर्षण

धादिङ २२ चैत

नेपाल प्रहरी र ट्रिपर तथा ट्रक व्यावसायीहरूले चालकहरूलाई सुरक्षित चालक बन्न अाग्रह गरेका छन् ।

सामुदायिक प्रहरी साझेदारी अन्तर्गत धादिङ खानीखाेला प्रहरी,ट्राफिक प्रहरी र नेपाल ट्रिपर तथा ट्रक व्यावसायी समितिको अायाेजनामा एकदिने दुर्घटना न्युनिकरण कार्यक्रम अायाेजना गरिएकाे हाे ।

नेपाल ट्रिपर तथा ट्रक व्यावसायी समिति कंलकीले
धादिङकाे सिक्रेखोलामा अयोजित गाडीमा राखिएकाे अनावश्यक धोजा, चालक र सहचालक साइडमा राखिएको कालो रङ को स्टिकरहरु र गाडीको सिसा सफा गरेकाे छ ।

नेपाल ट्रिपर तथा ट्रक व्यावसायी समिति राम कुमार चापागाईंले सवारी साधनमा सानाे लापरबाहीले पनि ठुलाे दुर्घटना हुने हुदा चालकहरूले सधै साना सान कुरामा पनि ध्यान पुर्‍याउन अावश्यक रहेकाे वताए ।उनलेे पछिलाे समय ट्रक र टिपर व्यवसाय मर्यादित र अनुशासित वनाउन सरकार गम्भीर रहेकाे प्रति ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेपाल ट्रिपर तथा ट्रक व्यावसायी समितिसह कोसाअध्यक्ष: राजन श्रेष्ठले दुर्घटना न्युनिकरणमा सवै गम्भीर र सडक अनुशासन पालन गर्न सधै चालक तयार हुनु पर्ने भन्दै सवारीसाधन चालकहरू सधै गम्भीर र जिम्मेवारी वहन वाट नजिक हुनु पर्नेमा जाेड दिए ।

कार्यक्रममा खनिखोला ट्राफिक र इलाका प्रहरी कार्यलय गजुरि ट्राफिक प्रहरी सवैकाे सुरक्षित र मर्यादित चालक वनु पर्नेमा जाेड दिएका थिए ।

प्रकाशित : २०७५, २२ चैत्र शुक्रबार २३:०९