सानेपामा ट्रक पल्टेर भ्यानलाई किच्दा २ जनाको मृत्यु

चैत्र २२,
काठमाडौँ — ललितपुरको सानेपानजिकै चक्रपथमा ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भइ ललितपुर बस्ने ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भइ भैसीपाटी बस्ने ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् ।

घाइते हुनेमा डोल्माकी छोरी १७ वर्षीया स्मृतिको मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ना१घ ५३३ नम्बरको ट्रक अनियन्त्रित भइ बा७च २१३१ नम्बरको भ्यानलाई थिचिएर दुई जनाको मृत्यु भएको प्रत्यक्ष दर्शिले वताएका छन् । जनक शिक्षा सामाग्रीको उक्त ट्रक कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक बोकेर सुर्खेतको लागि निस्केको थियो।