बिरामीलाई बलात्कार गर्न खोज्ने मेडिसिटीका चिकित्सक पक्राउ

  • 13
    Shares

मंसिर ९, काठमाडौँ । प्रहरीले बिरामीलाई बलात्कार गर्न खोजेको आरोपमा ललितपुरको मेडिसिटी अस्पतालका एक चिकित्सकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  चिकित्सक रोहितकुमार झा रहेको प्रहरीले जनाएको छ ।  ललितपुर प्रहरी परिसरका अनुसार पक्राउ परेका झाले आईतबार उपचारका लागि अस्पताल गएकी एक युवतीलाई  बलात्कारको प्रयास गरेका थिए ।

झालाई अस्पतालमा उपचार गर्न आएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ।

ती युवतीले बलात्कारको प्रयास गरेको उजुरी दिएपछि झालाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।‘उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको छ’, डिएसपी तामाङले भने।हाल पक्राउ परेका झा माथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६, ९ मंसिर सोमबार २०:४८