एपीएफ चन्द्रागिरी गोल्डकप च्याम्पियन

  • 335
    Shares

काठमाडौं, १४ मंसिर । विभागीय क्लब नेपाल एपीएफ क्लब तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।


शनिबार भएको उपाधि भिडन्तमा अर्काे विगाीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै एपीएफ तेस्रो संस्करणको च्याम्पियन बनेको हो ।

पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।


चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीाट निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरी टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा एपीएफका सबै पाँच खेलाडी सुदिप शिख्राकार, कप्तान नवीन लामा, आशिष लामा, बुद्धिमान राई र रामकुमार कुमालले गोल गरे ।

पुलिसका सुमन लामा, अजित भण्डारी, हेम तामाङ र भोला सिलवालले गोल गरे ।

कप्तान जुमानु राईको पेनाल्टी एपीएफका गोलरक्षक अमृत चौधरीले बचाए । पुलिसले इन्ज्युरी समयमा पेनाल्टी एक्सपर्टको रुपमा रहेका रोशन खड््कालाई मैदान पठाएपनि उनले कुनै प्रहार चाउन सकेन ।

त्यसअघि निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको सातौ मिनेटमा प्रवी स्याङ््तानले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । आशिष लामाको फ्रिकिकलाई गोलरक्षक शत्रुघन चौधरीले बचाएपनि रिवाउन्डमा अनमार्क रहेका प्रवीनले गोल गरेका थिए । एक गोलले पछि परेपछि पुलिसले आक्रमक खेल खेल्दै एपीएफलाई लगातार दवावमा राखेपनि बराबरीको लागि ४२औं मिनेट कुर्नुपरेको थियो । करिव ३५ यार्डमा प्राप्त फ्रिकिकलाई निर कुमार राईले सुन्दर गोल गरेका थिए । उनको फ्रिकिकलाई एपीएफका गोलरक्षक अमृत चौधरीले रोक्ने कुनै मौका नै पाएन । त्यसअघि ३१औं मिनेटमा रवि पासवानले बराबरीको मौका खेर फालेको थियो । ३३औं मिनेटमा सुमन लामाको फ्रिकिक सदुपयोग हुन सकेन । ३५औं मिनेटमा एपीएफका बिक्की लामाको क्रसलाई गोलरक्षक शत्रुघनले पञ्च गर्दै बचाए । ३६औं मिनेटमा पुलिसका कप्तान जुमान राईले सुन्दर मौका खेर फाल्यो ।

प्रतिस्पर्धात्मक दोस्रो हाफमा पनि दुवै टोलीले गोलको केही सुन्दर मौका खेर फालेको थियो । ५०औं मिनेटमा निरकुमार राईले प्रहार पोस्टबाट थोरै बाहिरियो । ५९औं मिनेटमा बिक्की तामाङको क्रसमा अनमार्क रहेका प्रविनको हेडर फितलो बन्यो । ८१औं मिनेटमा निरज चौधरीको प्रहार आकासियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा एपीएफले बाजी मारेको हो ।


च्याम्पियन बनेसँगै एपीएफले ६ लाख ५० हजार रुपैया हात पा¥यो । दोस्रो भएको नेपाल पुलिस क्लबले ३ लाख ५० हजार रुपैयामा चिक्त बुझायो । एपीएफका गोलरक्षक अमृत चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने । उनले प्रतियोगितामा एपीएफलाई फाइनलसम्म पु¥याउन तीनै खेल तथा पेनाल्टीमा उच्च प्रदर्शन गरेका थिए ।

एपीएफकै प्रविन स्याङ््तान प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभर दुई गोल गरे । उनीहरु दुवैले समान ३० हजार रुपैया हात पारे ।

विजयी टोली तथा खेलाडीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, पुर्व अन्तर्राष्ट्रिय खेलाडी बसन्त गौचन, आयोजक दिपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकी र पुर्व अन्तर्राष्ट्रिय खेलमाडी तथा प्रतियोगिता संयोजक रमेश बुढाथोकीलगायतले पुरस्कृत गरे ।


गत ३० कात्तिकदेखि शुरु भएको तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको थियो ।
सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित : २०७६, १४ मंसिर शनिबार १९:५१