कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपा विजयी

  • 2
    Shares

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा I नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन । तामाङका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत प्राप्त गरे ।

यस्तै समाजवादी पार्टीका उम्मेदवार भीम तामाङले ७४ पाए भने राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरेका हुन् । शनिवार भएको उपनिर्वाचनको मतदानमा ९ सय २४ मत खसेको थियो । उक्त वडामा खानेपानी मन्त्री बिना मगरले पनि मतदान गरेकी थिइन् ।

प्रकाशित : २०७६, १४ मंसिर शनिबार २३:१०