भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका कृष्णलाल भँडेल विजयी

१५ मंसिर, काठमाडौं । अन्तत  भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ (क) मा भँडेल निर्वाचित भएकाे औपचारिक घाेषणा हुन भने बाँकी छ ।

प्रकाशित : २०७६, १५ मंसिर आईतवार ११:४२