बागलुङ प्रदेशसभामा जनमोर्चाका खिमविक्रम शाही विजयी

राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गर्दै जित हात पारेका हुन्।

शाही सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा उम्मेदवार बनेका थिए।

निर्वाचनमा विजयी शाहीले ११ हजार २३५ मत प्राप्त गरे भने शेरचनले ९ हजार १३८ मत प्राप्त गरे।

प्रकाशित : २०७६, १६ मंसिर सोमबार ०९:४३