साग पुरुष फुटबल : माल्दिभ्स र श्रीलंकाले अंक बाँडे

  • 15
    Shares

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा माल्दिभ्स र श्रीलंका बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा दुवै पक्षबाट गोल हुन नसेकपछि यु-२३ माल्दिभ्स र यु-२३ श्रीलंकाले अंक बाँडेका हुन् ।

निर्धारित समयको पहिलो हाप्पमा राम्रो प्रर्दशन गरेको माल्दिभ्सले दोश्रो हाप्प पछि सोचे अनुरुपको प्रर्दशन गर्न सकेन ।दुवै पक्ष गोलरहित भए पछि एक–एक अंक बाँडेका हुन् । सोमबार दिउँसो भएको खेलमा बंगलादेशलाई पराजित गरेर भूटानले तीन अंक जोडी सकेको छ ।

पुरुष फुटबलमा भारत सहभागी नहुने भएपछि राउण्ड रोबिन लिगको आधार प्रतिस्पर्धा हुने भएको छ । नेपाल, भूटान, बंगालादेश, माल्दिभ्स र श्रीलंका सहभागी फुटबलमा शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन् ।

साविक विजेता यु–२३ नेपालले आफ्नो पहिलो खेल मंगलबार दिउँसो भूटानसँग खेल्नेछ ।

प्रकाशित : २०७६, १६ मंसिर सोमबार २०:५८