पुरुष फुटबल : नेपाल र श्रीलंकाबीचको खेल बराबरीमा

  • 16
    Shares

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र श्रीलंकाले १–१ गोलको बराबरी खेलेको हो ।

खेलको पहिलो हाफ सकिदा नेपालले १–० को अग्रता बनायो । जसको लागि कप्तान सुजल श्रेष्ठले खेलको ३६ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नेपाललाई अग्रता दिलाए ।

त्यस्तै खेलको इन्ज्योरी समयमा श्रीलंकाका लागि महमद अकिबले एक गोल फर्काएसँगै खेल बराबरीमा सकिएको हो । उनले खेलको ९१ औं मिनेटमा गोल गरेका हुन् ।

प्रकाशित : २०७६, १८ मंसिर बुधबार २०:०४