२७ डिएसपीको काज सरुवा, थाकाेटमा घनश्याम श्रेष्ठ भत्तपुरमा कुमार विक्रम थापा

काठमाडौं। नेपाल प्रहरीको प्रधान कार्यालयले २७ डीएसपीको काज सरुवा गरेको छ।

उपत्यकाका तीन बृत्त, र केही जिल्लाका इन्चार्जहरूकाे काज सरूवा गरेकाे हाे ।

ओखलढुंगा, दोलखा र बाजुरासहित केही युनिटको नेतृत्व र नयाँ कमाण्ड हेरफेर गरिएकाे हाे ।

सरुवा सुचीअनुसार महानगरीय प्रहरी बृत्त थानकाेटमा घनश्याम श्रेष्ठको सरुवा भएको छ। त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र बालाजुमा डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईलाई तानेर उनको ठाउँमा रेवतीरमण पोखरेललाई पठाइएको छ भने डिएसपी रुपेश खड्काले ओखलढुंगाको प्रहरी प्रमुखको अवसर पाएका छन्। त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराईको सरुवा गरिएको छ।

प्रहरी मुख्यालयको केन्द्रिय समाचार कक्षमा कार्यरत शरतकुमार थापा क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय लहानको जिम्मेवारी दिइएको छ। यसअगाडी लहानमा कार्यरत डीएसपी भेषराज रिजाल पुनः गोरखा पुगेका छन्।

आकर्षक पोस्टिङ् मानिने कास्कीको वडा प्रहरी कार्यालय बैदाममा यादव ढकालको सरुवा भएको छ भने ईलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीमा अर्जुन रानाभाट गएका छन्।

हेर्नुहोस सुची

 

प्रकाशित : २०७६, २१ मंसिर शनिबार १०:४३