साग पुरुष फुटबल :नेपालले माल्दिभ्सलाई २–१ को जित हासिल

  • 16
    Shares

काठमाडौ। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले २–१ को जित हासिल गरेको हो ।

मध्यान्तरसम्म १–१ को बराबरी रहेको खेलमा मध्यान्तरपछि नेपालका लागि अनन्त तामाङले निर्णायक गोल गर्दै नेपाललाई ऐतिहासिक जित दिलाएका हुन् । मध्यान्तर अघिसम्म नेपाल र माल्दिभ्सबीच १–१ गोलको बराबरी थियो ।

खेलको १९ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर नेपालका लागि अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

सन् १९९९ यता दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको पहिलो जित हो । यसअघि सन् १९९९ मा माल्दिभ्समाथि नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पुरुष फुटबलतर्फ जित हासिल गरेको थियो ।

प्रकाशित : २०७६, २१ मंसिर शनिबार १८:०५