चन्द्रागिरि ७ मा निशुल्क स्वास्थ्य सिविर सम्पन्न

  • 133
    Shares

काठमाण्डौं २१ मंसिर    राजधानीको चन्द्रागिरिमा एक दिने निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ ।
चन्द्रागिरि सरोकार समाजको आयोजना र चन्द्रागिरि वडा नं ७ को समन्वय , चन्द्रागिरि को विशेष सहयोगमा एक निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको हो ।

स्वास्थ्य सिविरको चन्द्रागिरि नगरपालिका नगर प्रमूख घनश्याम गिरीको प्रमूख आतिथ्यतामा सिविर सञ्चालन गरिएको थियो । चन्द्रागिरि सरोकार समाज अध्यक्ष सरोज कुमार थापाले आर्थिक अवस्था नभएका र सामान्य तथा जटिल अवस्थामा पनि उपचार गर्न अस्पताल सम्म जान नसक्नेहरुका लागि यस्ता सिविर फलदायी हुने बताउनु भयो ।

मेदान्त आर्युबेद होम को प्रविधिक सहयोगमा प्रभात माबिमा सञ्चालन गरिएको सिविरमा हार्डजोर्नी,नशा सम्वन्धी, ग्यास्ट्रीक, वाथ,युरिक एसिड,पायल्स,फिस्टुला लगायत रागहरुको उपचार गरिएको थियो भने उक्त सिविरमा करिव ४ सय जनाको उपचार गरिएको थियो ।

प्रकाशित : २०७६, २१ मंसिर शनिबार १९:४९