प्रहरी नायव उपरीक्षक कुँवरको औला भाँचियो

काठमाडौं । नेपाल र भुटानबीच मंगलबार  दिउँसो भएको  साग फुटबलको फाइनलको टिकटका विषय विवाद हुँदा कालिमाटी प्रहरीका प्रमुख डिएसपी रूगम कुँवर घाईते भएका छन् ।

केही युवाहरू आएर होहल्ला र नारावाजीमा उत्रेपछि  सवारी आगमनमा रोक्न थाले पछि प्रहरीले अवस्था सहजिकरण गर्न खोज्दा केही युवाले आक्रोशित भिडमा कालिमाटी प्रहरीका प्रमुख डिएसपी रूगम कुँवर हातको औला भाचिएको हो

 यसअघि सोमबार राष्ट्रिय खेलकुद परिषद्ले विक्रीका लागि खुला गरिएको ८ हजार टिकट नै विक्री भएका थिए।

प्रहरीको लाठी लागेर नागरिक दैनिकका पत्रकार सुमन चापागाईं का साथै डिएसपी कुँवर पनि घाइते भएका छन्।
क्षेमता भन्दा वढि दर्शको भिड वढे पछि रङ्गाशालाको अवस्था निकै दनिय अवस्था बनेको थियो ।

‘टिकट छैन भन्दा होहल्ला गर्दै केही युवाहरू आए। धकेलाधकेल भयो। भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्‍यो,’ काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले भने,‘त्यही क्रममा पत्रकारलाई पनि लागेको हुन सक्छ।’

फुटबल फाइनलसँगै समापन समारोह पनि हुने भएकाले यसअघिका खेलहरूमा भन्दा राखेपले कम टिकट विक्रीमा राखेको थियो।

त्यस्तै, राखेपले टिकटदर दोब्बर पार्दै भिआइपी प्याराफिटका लागि २ हजार र सर्वसाधारण बस्ने प्याराफिटतर्फ १ हजार कायम गरेको थियो।

प्रकाशित : २०७६, २६ मंसिर बिहीबार १३:१५