राष्ट्रयताको विषयमा जनमोर्चा चुपलागेर नवस्ने

काठमाण्डौं २८ मंसिर  सीमा अतिक्रमणका विरुद्ध राष्ट्रिय जनमोर्चालु एक महिने राजधानी केन्द्रित अभियान सुरु गरेको छ ।
राजधानीको बसुन्धारवाट राष्ट्रिय जनमोर्चा जिल्ला समिति र रत्तिम साँस्कृतिक अभियानले भारतले जाली नक्सा जारी गरी नेपालको पश्चिमी सिमा लिम्पियाधुरादेखि कालापानी हुदै लिपुलेक सम्मको भूमि आफ्नो दावी गरेपछि त्यसको विरोधमा उनीहरुले आजवाट सो कार्यक्रम सुरु गरेका हुन् ।

कार्यक्रममा नेकपा मसालका केन्द्र प्रर्वक्ता रामप्रकाश पुरीले भारतीय सामाज्यवादका विरुद्ध नेपाली जनताहरुले एकजुट भएर राष्ट्रिय संकटमा वुलन्द आवाजका साथ आन्दोलन गर्नु पर्न दिन आएको बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले दुई तिहाईको सरकारले देशमा ग्रभिर संकट पर्दा पनि कुटनिटक पहलमा सोचे अनुरुपको पहलकदमीमा गर्न वाट वञ्चित रहेको जिकिर गर्नु गरे । महासचिव शर्माले नेपालको शासक चुप लागेर वस्नु देशका लागि घातक र ग्रभिर संकट पैदा हुदा समेत रमिते बने परिपाटीवाट देशलाई उम्काउन परिर्वनकारी शक्तिहरु एक भएर लाग्ने समय आएको उनको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा काठमाण्डौ जिल्ला अध्यक्ष झविन्द्र वेलवासेले सिमा अतिक्रमणका विरुद्धमा पुस २८ सम्म सास्कृतिक कार्यक्रम सहित विरोध गरिने बताउँनु भयो ।

उहाँका अनुसार काठमाण्डौको गोङगवुमा पौष १ गते बालाजुमा माछापोखरीमा पुस ५ गते कलङकीमा पुस ८ गते र कोटेश्वर पुस ११ गते विरोधसभाको कार्यक्रम निश्चित गरिएको छ ।

त्यसैगरी चाबहिल पुस १४, रत्नपार्क शान्तिवाटिका पुस १९ भक्तपुर गट्ठाघर पुस २२ र ललितपुरको लगनखेलमा पुस २८ गते विरोध सभा सम्पन्न गरिने राष्ट्रिय जनमोर्चा काठमाण्डौंले जनाएको छ ।

कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष मिना पुनले अहिलेको सरकारले जनमतको दुरुपयोग गरेको जिकिर गरिन । बहुदल पछिकै दुइ तिहाइ मत प्राप्त सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्दा जनमतको दुरुपयोग भएको उनको ठहर छ ।

आज देशमा सामाजिक अराजकता बढ्दै गएको छ, हत्या, हिंसा, बलात्कार र देशको सिमा मिचिदा समेत सरकार मुकदर्शक बनिराखेको छ’ “कम्युनिष्ट भन्ने सरकारकै पालामा देशमा विकृति बढ्नु विडम्वना हो ।” यसका विरुद्ध सरकारले शसशक्त कदम चाल्न जरुरी भएको पुनले बताईन ।

राष्ट्रिय जनमोर्चाका युवा नेता आनन्द शर्माले भारतिय सामाज्यवादले जरो गाडेको अवस्थामा सरकार सत्ता टिकाउने खेलमा मात्र लिप्त हुनु दुखदायी रहेको जिकिर गरे । उनले भारतिय हतक्षेप र साम्राज्यवादका विरुद्ध सवैले एक जुट भएर लड्ने बताएका थिए ।

अखिल नेपाल युवक संघका अध्यक्ष अनिल किशोर घिमिरे देश बचाउँने जिम्मा युवाहरुको काधमा आएको भन्दै राष्ट्र,राष्ट्रियताको लडाईमा भारतले मिचेको सिमा नेपालमा ल्याउन सवै एकजुट भएर साथ र सहयोग गर्ने आग्रह गरे ।

प्रकाशित : २०७६, २८ मंसिर शनिबार २०:५५