कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको रिजर्भ बस दुर्घटना : १३ जनाको मृत्यु , १७ घाइत

कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी १३ जनाको  मृत्यु भएको  छ भने १८ जना घाइते भएका छन् ।

आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० तल खसेको छ  ।

जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख सई राजेश दाहालका अनुसार ६ किलोको मोडबाट पल्टिएको बस सडकमै पुगेको थियो।