जोशिला युवा स्वागतविक्रम मल्ललाई ‘मल्टि ट्यालेन्ट–२०१९ ले सम्मान

  • 366
    Shares

काठमाडौं । ड्रिम सर्च एजेन्सीले १३ वर्षीय स्वागतविक्रम मल्ललाई ‘मल्टि ट्यालेन्ट–२०१९ ले सम्मान गरेको छ ।

अत्यान्तै जोस जागरले भरिएका युवा मल्ललाई ‘मल्टि ट्यालेन्ट–२०१९ ले सम्मान गरिएको हो । गत शनिबार बालुवाटारमा आयोजित विशेष समारोहमा सो एजेन्सीका संस्थापक कमल निकोन क्षेत्रीले किड्स एन्ड टिन्स एच एन्ड एम फेसन रनवे २०१९ मा मल्ललाई सो सम्मान प्रदान गरिएको हो ।

डोटी घर भई हाल काठमाडौंको सीतापाइला बस्दै आएका मल्ल एलआरआई स्कुल कलंकीमा ८ कक्षामा अध्ययनरत छन् । संगीत र मोडलिङमा विशेष झुकाव राख्ने मल्लले थाइल्याण्ड र कोरियामा नेपालको तर्फबाट सहभागिता जनाइसकेका छन् ।

प्रकाशित : २०७६, ७ पुष सोमबार ०७:४४