भारतीय कारमा लुकाएर ल्याइयाे ८० लाखकाे यार्सागुम्बा, नागढुंगाबाट ३ जना समातिए

  • 819
    Shares

विशेष सूचना तथा लामो समयदेखिको निरन्तर निगरानीको परिणामस्वरूप महानगरीय प्रहरी प्रभाग नागढुंगामा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काको कमाण्डमा खटिएको टोलीले ४.२४५ केजी यार्सागुम्बासहित ३ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भारतीय UK 04 TB 1967 नम्बरको मारूती कारबाट साे यार्सागुम्बासहित ३ जनालाई पक्राउ गरिएको बताए ।

उनका अनुसार पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय नागरिक- दार्चुला जिल्ला दुहम गापा- ५ बस्ने ४८ वर्षीय गर्जे सिँह महरा तथा भारत उतराखण्ड, जिल्ला चमौलि, पोष्टअफिस लत्ता, ग्राम लत्ता बस्ने ३२ वर्षीय प्रेम सिंह र भारतकै उतराखण्ड, जिल्ला चमौलि, पोष्ट अफिस उर्गम, ग्राम सल्ना बस्ने वर्ष ३२ वर्षीय हरिश सिंह रहेका छन् ।

सवारी साधनको भित्री पार्टपुर्जा मेकानिक्सद्वारा खोली चेकजाँच गर्ने क्रममा उक्त परिमाणको यार्सागुम्बा चालकको सिट पछाडिका सिटहरूको दुबै साईडमा रहेको बोतल स्ट्याण्डमा लुकाइएकाे अवस्थामा भेटिएकाे हाे । कागज तथा प्लाष्टिकले बेरेर २३ वटा पोकामा लुकाएको भेटियाे ।

पक्राउ गरिएकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार, काठमाडाैँमा पठाईएको थानकोट प्रहरीले जनाएको छ । यार्सागुम्बाकाे मूल्य करिव ८० लाख रहेको छ ।

प्रकाशित : २०७६, ७ पुष सोमबार १४:५५