‘विश्वस्त गुप्तचर सूचना’ आक्रमणको मितिनै तोकियो

एजेन्सी– भारतले यहि महिना आक्रमण गर्न लागेको आफूहरुसँग ‘विश्वस्त गुप्तचर सूचना’ भएको पाकिस्तानी मन्त्रीले दावी गरेका छन् । विदेशमन्त्री शाह महमूद कुरेशीले आइतबार उनको गृहक्षेत्र मुल्तानमा संचारकर्मीहरुसँगको कुराकानीमा यस्तो दावी गरेका हुन् ।

फेब्रुअरीमा २ मा आणविक शक्ति सम्पन्न राष्ट्रहरुबीच गतिरोध कम हुँदै गएको देखिएको समयमा मन्त्री कुरेहीले सो दावी गरेका हुन् । पाकिस्तानी विदेश मन्त्रीले आक्रमणको मितिनै निश्चित गरेर यो कुरा बताएका छन् । उनले अप्रिल १६ देखि अप्रिल २० बीच आक्रमण हुन सक्ने आफूहरुसँग सुचना भएको दावी गरे ।

फेब्रुअरी १४ मा पाकिस्तानमा आधार रहेको लाडकू समूहबाट आत्मघाती कार विस्फोट हुदाँ ४० भारतीय अर्ध सैनिक जवानहरुको मृत्यु भएपछि गतिरोध सुरु भएको थियो । फेब्रुअरी २७ मा भारतले आक्रमणको जिम्मा लिएको लडाकू समूहको तालिम केन्द्रमा आक्रमण गर्दा गतिरोध चुलिएको थियो । पाकिस्तान भूमिभित्र पसेर गरिएको बम हमला सफल भएको भारतले दावी गरेपछि पछिका भूउपग्रहीय तस्विरहरुले अन्यथा बताएको थियो ।

त्यसको भोलिपल्ट पाकिस्तानले एक लडाकू विमान झारेर उसको पाइलटलाई पक्राउ गर्यो । तर उसले कब्जामा रहेको पाइलटलाई पछि रिहा गरिरिदएको थियो । ‘भारतले पाकिस्तानमाथि नयाँ आक्रमण गर्न लागेको हामीहरुसँग विश्वस्त गुप्तचर सुचना छ । सुचनाअनुसार यो अप्रिल १६ देखि अप्रिल २० बीच हुनेछ’ गृहक्षेत्र मुल्तानमा रिपोर्टरहरुसँग बोल्दै कुरेशीले भने ।

उनले पाकिस्तानसँग कुन प्रमाणका आधारमा यति ठ्याक्कै मितिनै तोक्न सक्ने गरि भन्ने सकेको बारेमा व्याख्या गरेनन् तर उनले प्रधानमन्त्री इमरान खानले सूचना देशवासीलाई बाँड्न अनुमति दिएको बताएका छन् । फेब्रुअरीको गतिरोधको बेला भारतको सत्तारुढ दल भाजपाले पाकिस्तानी एफ–१६ खसालेको भनेर ‘युद्ध मानसिकता चर्काएको’ भन्ने इमरानले आरोप पनि लगाए ।

प्रकाशित : २०७५, २५ चैत्र सोमबार १८:५७