प्रहरीको गरिमालाई अन्तराष्ट्रिय स्तर सम्म पुयाउने काम नेपाल प्रहरीकै हो :डिआईजी पोखरेल

काठमाण्डौ,२० पुस महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले नेपाल प्रहरीको गरिमालाई अन्तराष्ट्रिय स्तर सम्म पुयाउने काम गर्न निर्देशन दिएका छन् ।

राजधानीको प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत जाने हुनाले उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आईतबार विहान महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन दिदै प्रहरीलाई शान्ती सुरक्षाको दृष्टीकोणले राष्ट्रकै एक नम्वर वनाउने काम प्रहरीकै भएका कारण व्यवहारमा नम्रता र शिष्टता हुनु पर्ने बताएका हुन ।

अपराध गर्नेलाई विना हिच्चकिचहावट हदै सम्मको कारवाही गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।डिआईजी पोखरेलले जनतालाई प्रवाहा गर्ने सेवा निश्पक्ष,समान सम्मानजनक गर्नु पर्ने, परिणामुखी डिउटी गर्नु पर्ने, अनुशासनमा रहि काम गर्ने गराउने,आफ्नो गलत स्वार्थ, गलत आचरणका कारण कसैले जानी जानी गल्ती गर्छ भने सिधै कारवाही गर्ने चेतावी समेत दिए ।

प्रत्येक दिन साझ सिनियर अधिकृतहरूले जवान हवल्दारको मेसमा गएर खाना खाने साथै कार्यालय प्रमुख हप्ताको एक दिन अनिवार्य रूपमा जवान हबल्दारको व्यारेकमा सुति देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजान पनि मातहत कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।

प्रकाशित : २०७६, २० पुष आईतवार १८:३७