चैत २८ गते थानकोट साझाघरमा बृहत रक्त दान कार्यक्रम हुने

  • 97
    Shares

काठमाडौ /२५ चैत
बढ्दो रगतकाे मागलाई परिपुर्ति गर्ने उदेश्यका साथ बृहत रक्त दान कार्यक्रमकाे अायाेजना हुने भएकाे छ ।

“रक्त दान जीवन दान ” भने नारालाई चरिर्थात गर्दै पछिल्लाे समय वारा र पर्सामा अाएकाे ट्राेनाडाेले पुर्‍याएकाे भाैतिक एवं मानवीय क्षतिलाई लक्षित र घाईते,अति अावश्य परेकाहरूलाई मध्यनजर गर्दै रक्त दान कार्यक्रमकाे अायाेजना गरिन लागेकाे हाे ।
२०७५ चैत २८ गते थानकोट जेसिस, लायन्स क्लब अफ चन्द्रागिरी र थानकोट स्वास्थय चौकीको संयुक्त अायाेजनामा बृहत रक्त दान कार्यक्रम गरिन लागिएकाे थानकाेट जेसिज बर्ष २०१९ का अध्यक्ष राज गाेपालीले वताए ।

लायन्स क्लब अफ चन्द्रागिरीका अध्यक्ष रेशम लाल दवाडीले नेपाली सेना अन्तर्गत बिजिङ्ग महाशाखा थानकाेट पानी घाटकाे सहयाेग र नेपाल रेड्क्रस साेसाईटीकाे प्राविधिक सहयाेगमा रक्तदान सञ्चालन हुने वताए ।

कार्यक्रमका संयाेजक भुवन गिरीले नयाँ सालको शुरुवात अरुको जिवन बचाएर गरौं र तराईका बिभिन्न क्षेत्रमा हावाहुरीले घाइते बनाएकाहरुको लागि सहयोग गर्ने मनशाय साेरूप कार्यक्रम गर्न लागिएकाे जानकारी दिए ।

रक्त दान कार्यक्रम चन्द्रागिरी नगरपालिका वडा नं ४ मा अवस्थित थानकोटकाे साझाघरमा बिहान ८ बजे देखि दिनको १ बजे सम्म सञ्चालन हुने अायाेजकले जनाएकाे छ ।

प्रकाशित : २०७५, २५ चैत्र सोमबार २२:५३