१ माघ, काठमाडौं । शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।
ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको हाे ।
बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट एक स्थानीयले बताए ।
विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख उतम राज सुवेदीले बताए । उनका अनुसार कुन बम हाे भने यकिन नभएकाे र थप अनुसन्धान भईरहेकाे वताए ।
महानगरीय प्रहरी बृतका अनुसार मानवीय क्षति नरहेको र विप्लव समूहले विस्फोटको जिम्मा जनाएको छ ।
प्रहरीले विस्फोट भएको तर बम वा अरु केही भन्ने अनुसन्धान भइरहेको बताएको छ ।