काठमाडौं । गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरि पक्राउ गर्ने तयारी थालेकाे छ ।
त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको हाे ।
अास्थालाई काठमाडौ प्रहरी परिसर टेकुमा मुद्दा दायर भएकाे
परिसर काठमाडौंमा प्रहरीले जनाएको छ ।
काठमाडौ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी भईसकेकाे बताए ।
अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल र १ लाख सम्म जरिवाना हुन सक्ने कानुनी ब्यवस्था रहेकाे एसएसपी सुवेदीले बताए ।
राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् ।
भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा जाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।
गायिका राउत भने भारतमै भएकाे एक स्राेतले जानकारी दिएकाे छ ।