उपत्यकाका प्रहरी कार्यालयमा नागरिक सहजकर्ता सेवाको सुरूवात

काठमाण्डौ, ८ माघ महानगरीय प्रहरी मातहतका कार्यालयहरू आउने सेवाग्राहीहरूको सहजीकरणको लागी बुधवार देखिनै नागरिक सहजकर्ता सेवाको सुरूवात गरीएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

प्रहरीले दिने सेवा सहज, सरल, मर्या्दित, समान, निश्पक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यका स्थित हरेक मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा कार्यालय समयमा नागरिक सहजकर्ताको व्याज लगाई कार्यालयको गेटमा नागरिकहरूलाई सेवादिने गरि बस्ने व्यबस्था सुरू गरिएको छ ।

विभिन्न प्रहरी कार्यालयहरूबाट उक्त कार्यमा खटिएका प्रहरी कर्मचारीहरूलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिदै भन्नु भयो हामी अन्यायमा पर्नेको साथी, सहयोगीका पक्षधर हौं । न्यायको लागी आउने जो कोही नागरिकलाई दिने हाम्रो सेवा सहज,सरल,समान,पारदर्शी, निश्पक्ष र छिटो छरितो हुनु पर्छ । कार्यलयमा आएका सेवाग्राहीहरूले न्यायको लागि म संग राज्य, सरकार, प्रहरी संगठन छ भन्ने अनुभुत गर्ने गरि बोली बचन र सहयोगी भावना सहितको सेवा दिन निर्देशन दिनु भयो ।

नगरिकलाई परेको पिर मर्का आफुलाई नै परेको सरह सम्झी विभिन्न समुदाय, वर्ग, क्षेत्र, जातजाती जहाबाट आएको भएपनि उनिहरूको मानमर्यादा प्रतिष्ठा, समाजिक र पारिवारीक अवस्थालाई ख्याल नगरिकन सबैलाई उच्च सम्मान र मर्यदाका साथ जो जुन काममा आउनु भएको हो । उहाहरूलाई नागरिक सहजकर्ताले सम्बन्धित कर्मचारी र शाखा समक्ष र्पुयाउन सहयोग गर्ने उहाले बताउनु भयो । सेवा प्रवाहमा उच्चताका साथ काम गर्न निर्देशन दिदै कोही कसैबाट कमजोरी भएमा वा सेवा प्राप्तीका लागि आउने नागरिकहरू असन्तुष्ट भएमा सम्बन्धित कर्मचारी जिम्मरवार हुने बताउनु भयो ।
नागरिक सहजकर्ताको सेवा आजैबाट पहिलो चरणमा ३ वटै महानगरीय प्रहरी परिसरहरू, ट्राफिक महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसर ,अपराध महाशाखा र परिसर मातहतका सवै वृत्त र प्रभागहरूमा सुरूवात गरिएको छ ।

प्रकाशित : २०७६, ८ माघ बुधबार १८:५३