अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख अमेरिकामै लुकिन् र भईन सम्पर्क बिहिन

काठमाडौ ९ माघ अमेरीकामा एक गाेष्टीका लागि नगरपालिकाकाे प्रतिनिधित्व गर्दै गएकी उपमेयर चार महिनादेखि नगरपालिकाले सम्पर्कमा अाएकी छैनन् ।

कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) चार महिनादेखि उतै बेपत्ता भएकी हुन् ।

नगरपालिकाकाे एक स्राेतका अनुसार भ्रमणका लागि अमेरिका गएकी उनी अमेरिकामै लुकेर बसी रहेकाे र नगरपालिले पटक पटक सम्पर्क गर्न खाेज्दा सम्पर्क बिहिन रहेकाे बुझिएकाे छ ।

नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिककाे दाेश्राे साता दन्ता अमेरिका गएकी थिईन तर गएकाे ४ महिना बितिसक्दा पनि उनी अाउने नअाउने कुनै टुङ्गाे छैन ।

कालीकोटको तिलागुफा नगरपालिका मेयर रत्नबहादुर शाहीलाई उपमेयरकाे बिषयमा बुझ्दा गएकाे लामाे समय सम्म कुनै जानकारी नगराएकाे र डिसेम्बर १५ तारिकका दिन (कात्तिक २९ )गते एक पटक सम्पर्कमा अाउदाबिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर शाहीको भनाइ छ ।उनले बिरामी छु । फर्कने तयारी गरिरहेको छु भन्नेसम्म जानकारी दिइन् त्यसपछि उनी सम्पर्कमा छैनन् ।

न्युज २४ संगकाे कुराका मेयर शाहीले भने,”उहाँलगायत केही नगरपालिकाका मेयर– उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागी हुन गएकाे र उपमेयरले भ्रमणमा जान्छु भनेपछि स्वीकृत पनि गरियाे,त्यसपछि उहाँ फर्कनुभएको छैन,’

उपमेयर दन्ता नेपाली (दर्शना) अमेरिकामा हराए पछि नगरपालिकाका महत्त्वपूर्ण काम अड्किएका छन् भने सेवा ग्राहीहरू समेत उपमेयर वाट हुनु पर्ने काम वाट वञ्चित भएका छन् । न्यायिक समितिका काम कारबाही, अनुगमन समेत अलपत्र परेकाे एक स्थानियले जानकारी दिए ।

अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै नगरपालिका मेयर शाहीकाे सम्पर्कमा अाएकाे र अहिले उपमेयर नेपालीको फेसबुक खाता पनि निष्क्रिय भएकाे कारण समस्या सृजना गरेकाे स्थानिय प्रतिनिधि र सर्वसाधारणकाे गुनासाे समेत सृजना गराएकाे छ ।

कालीकोटको तिलागुफा नगरपालिका मेयर रत्नबहादुर शाही र उपमेयर दन्ता नेपाली (दर्शना) तत्कालीन एनेकपा माअाेवादी वाट जननिर्वाचित हुन् ।

प्रकाशित : २०७६, ९ माघ बिहीबार २०:०७