पारिवारिक वातावरणमा दरबारमार्गमा खुल्यो मुगल -इ- मेहेफील रेष्टुरेन्ट

  • 81
    Shares

 १२ माघ काठमाडौं । काठमाडौँको मुटुमानिने दरवारमार्गमा आन्तरिक तथा बाह्य ग्राहकहरुलाई विशेष ध्यान राख्ने लक्ष्य सहित एक नयाँ रेष्टुरेन्ट स्थापना भएको छ ।

राजधानीको अति ब्यस्त,सुन्दर र सफा क्षेत्र दरवारमार्गमा पुर्ण रुपमा स्वस्थकर, गुणस्तरिय खाना सहित मुगल -इ- मेहेफील रेस्टुरेन्ट एण्ड लाउन्सबार नामक रेष्टुरेन्ट स्थापना गरिएको हो ।

होटलमा आउने अतिथि समानमा ग्राहकहरुलाई बिसेष छुटको साथमा स्पेसल अफर समेत गरिएको छ ।

पुर्ण पारिवारिक वातावरणमा चिया कफीदेखि खाना,खाजा,चिकेन,मटनका विभिन्न परिकार, विर्यानी र टिक्काको स्वादमा रमाउन सकिनेछ ।

त्यसैगरि बेलुका ७ बजेदेखि सांगितिक मनोरन्जनका लागि पुराना गजल गायक किशोर कुमार भनेर चिनिने बिकास तामांग र सलोमी तामांगको श्वरमा रमाउन सकिने छ ।

प्राइम लोकेसन दरबारमार्गमा अबस्थित उक्त रेष्टुरेन्ट क्यापिटल बिल्डिंगको दोस्रो तलामा सन्चालन भइरहेको छ ।

प्रकाशित : २०७६, १२ माघ आईतवार २१:५०