नागरिकता सम्वन्धित गृहकाे परिपत्र कार्यान्वयन नगर्नु : सर्वाेच्च

  • 17
    Shares
  1. २६ चैत, काठमाडौं । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न आदेश दिएको हो ।

गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय गरेकाे थियाे ।

त्यसअनुसार जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता पनि वितरण गर्न थालेका थिए ।

तर गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पत्र यथास्थितिमा राख्न र मुद्दाका पक्ष र विपक्षलाई वैशाख ३ गते छलफलका लागि बोलाएको छ ।

संसदमा नागरिकतासम्बन्धी विधेयक छलफलकै क्रममा रहेका
राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य लालवहादुर थापाले वताए।
।राष्ट्रय जनमाेर्चाले नागरिकता विधेयककाे विषयमा देश भर विराेध सभाकाे अायाेजना गरिरहेकाे छ

प्रकाशित : २०७५, २६ चैत्र मंगलवार ००:२७