नमोबुद्ध नगरपालिकामा कराेडाै भ्रष्टाचार भएकाे खुलासा

राेसन दानी /काभ्रे  स्थानिय तहमा नपत्याउदाे तवरले भ्रष्टाचार माैलाउदै गएकाे छ । स्थानीय निकायलाई नियमन गर्ने निकाय सशक्त र प्रभावकारी नहुदा हरेक स्थानिय तहमा मनलाग्दी बढ्दै गएकाे छ भने मुलुकका सात सय त्रिपन्न स्थानीय तहमा नियमन गर्ने संयन्त्र कमजाेर रहेकाे सराेकारवालाले बताउदै अाएका छन् ।

नमोबुद्ध नगरपालिका अन्तर्गत रहेकाे प्राकृति एवम् खानीजन्य बस्तुकाे बिक्री तथा निकासी शुल्कमा चरम लुट भईरहेकाे तथ्य शार्वजनिक भएकाे छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) खण्ड घ (६) तथा प्रदेश नम्बर ३ को आर्थिक ऐन, २०७५ को अनुसूची ५ बमोजिम नगरपालिकाबाट स्वीकृत दर रेटअनुसार राजस्व संकलन गर्दै आएकोमा अनियमितता फेला परेकाे हाे ।

नमोबुद्ध नगरपालिकाकाे छापा सहित रहेकाे बिलमा तीन हजारकाे बिल काटेर एक हजार मात्र देखाउदै अाएकाे तथ्य फेला परेकाे छ ।

नगरपालिकाकै कर्मचारीकाे मिलेमताेमा कराेडाै भ्रष्टाचार भईरहदा पनि स्थानिय निकाय माैन रहेकाे छ ।

तीन भागमध्ये दुई भाग स्रोत–साधनमा भ्रष्टाचार भइरहदा पनि नगरपालिका माैन हुनुले शंका उवजाएकाे छ ।

नमोबुद्ध नगरपालिकाले राखेको ‘ढाट’मा खटिएका कर्मचारीले सेवाग्राहीसँग कर्मचारीले तीन हजारको रसिद दिँदै नगरपालिकाको अर्धकट्टीमा भने १ हजार लेखेर राजस्व दाखिला गर्दै अाईरहेका छन् ।

नगरपालिका कर्माचारीहरूले एउटा रसिद वाट सिधै सिधै दुई हजार रूपया झवाम पार्दै सेवाग्राही जनता माथी सिधै छाराे हाल्ने काम भइरहेकाे स्राेत बताउछ ।

आर्थिक वर्षको शुरू साउन १ गतेदेखि माघ १४ गतेसम्म राजस्वका झन्डै ८ हजार रसिद काटिएका छन्।

यश बिषयमा नगरपालिका मेयर टिपी शर्मा तिमल्सिना संग बुझ्दा राजस्वका सम्बन्धमा उठेका विषयमा छानबिन गर्न समिति गठन भएको बताए । उनले नगर प्रमुख तिमल्सिनाले ढाटमा खटिएका कर्मचारी कमल कुइँकेललाई बोलाएर स्पष्टीकरण लिएकाे र थप अनुसन्धान भईरहेकाे जानकारी दिए ।

नगरपालिकाले कर्मचारीमार्फत माघ १४ गतेसम्म १ करोड ९४ लाख राजस्व संकलन भएको बताएकाे छ ।

प्रकाशित : २०७६, १८ माघ शनिबार ००:०६