गाउँपालिकाले सहयोग गरेको बालुवा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले निःशुल्क ढुवानी

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई गल्छी गाउँपालिकाले बालुवा सहयोग गरेको छ ।
गाउँपालिकाले सहयोग गरेको बालुवा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले निःशुल्क ढुवानी गरिदिएको हो । एक सयवटा ट्रिपरमा राष्ट्रिय झण्डा र ब्यानर हाली एकैसाथ बालुवा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुर्याइएको थियो । बालुवा पुर्याउन जनप्रतिनिधि, ट्रिपर व्यवसायीलगायतको टोली चितवन पुगेको थियो । बाटोमा पर्ने छिमेकी गाउँ पालिकाले उनीहरुलाई स्वागतसमेत गरेको थियो ।यसअघि २०७६ माघ १४ गते नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको पाँचौ पूर्ण बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई गल्छी गाउँपालिकाले सहयोग गरेको बालुवा माघ १८ गते शनिबार एक सयवटा ट्रिपरले एकैसाथ बालुवा लगिदिने भनि निर्णय गरेको थियो ।