महाराजगन्जकाे ‘स्वीप अप्रेसन’ मा ७१ जनालाई नियन्त्रणमा

काठमाडौं   महानगरीय प्रहरी बृत्त महाराजगन्जकाे ‘स्वीप अप्रेसन’ मा ७१ जनालाई नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले गंगबु नयाँबसपार्क क्षेत्रमा संचालित स्वीप अप्रेसन’ मा ७१ जनालाई नियन्त्रणमा लिएकाे हाे ।

महानगरीय प्रहरी बृत्त महाराजगन्ज डिएसपी उमेश लम्सालले
लागू औषध दुर्ब्यसनि, बेश्यावृत्ति गर्ने गराउने,विभिन्न ब्यवसाय तोकिएको मापदन्ड बमोजिम संचालन नगर्ने ब्यवसायि र यात्रुहरूलाई हैरानि दिने पर्यटक गाईड , ३जना तेस्रोलिङगि, ३२ महिला र ३६ पुरुष गरि जम्मा ७१ जना नियन्त्रणमा लिएकाे बताए ।

डिएसपी लम्सालका अनुसार नियन्त्रणमा लिईएकोमा उर्वशी डान्स बारका संचालक, नमस्ते डान्स बारका मेनेजर, दर्शन नमस्ते रेष्टुरेन्ट संचालिका अनिता राई लगायतका रहेका छन् ।

महाराजगन्ज प्रहरीका अनुसार केही सँग लागू औषध गाँजा र समेत फेला पारिएको जनाएको छ ।

प्रकाशित : २०७६, १८ माघ शनिबार २३:३८