चन्द्रागिरि नगरपालिकाका अधिकृतकाे गाडी पछाडी एक लाख बरामद भएकाे भन्दै नियन्त्रणमा

  • 43
    Shares

१९ माघ, काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलकाे गाडी वाट एक लाख रुपैयाँ सहित पक्राउ गरेकाे छ ।

बा २ झ २१५२ नम्बरको गाडी पछाडी सिट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालकाे टाेलीले खानतलासी गर्ने क्रममा गाडीकाे पछाडी सिटमा सुनतला कलरकाे झाेलावाट लाख नगद सहित कार्यकारी प्रमुख पाैडेल र उनका डाईभर सचित दुलाललाई अख्तियारकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे ।

आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र उनका डाईभरलाई पक्राउ गरिएको पुष्टि गरे

चन्दरागिरि नगरपालिकाका कार्यकारी प्रमुख नगरपालिका वाट घर जाने क्रममा बलम्वु १२ स्थित च्याउ सहकारी अगाडि अख्तियारकाे जिप अायाे र नगरपालिका कार्यकारी प्रमुखकाे बाटाे छेक्याे र खानतलासी गर्न थाल्याे स्राेत बताउछ ।

उक्त १ लाख नगद सहित पक्राउ परेका कार्यकारी पाैडेल र उनका डाईभरलाई केमिकल सहित हात डुवाउदा डाईभरकाे हातमा भने पैसा छाेएकाे राताे हात देखिएकाे थियाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालकाे टाेलीले स्थानिय जनप्रतिनिधि,स्थानियल र महानगरीय प्रहरी प्रभाग बलम्वुकाे राेहवरमा नगद वरामदी मुचुल्का उठाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल लगेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालकाे टाेलीले कार्यकारी अधिकृत युवराज पाैडेल चढ्ने बा २ झ २१५२ नम्बरको गाडी समेत नियन्त्रणमा लिई लगेकाे थियाे ।

प्रकाशित : २०७६, १९ माघ आईतवार २२:५९