स्युचाटारकाे डेरावाटै चरेस सहित थापा पक्राउ

२१ माघ काठमाडौं  महानगरीय प्रहरी बृत्त कालीमाटीले लागुअाैषध चरेस सहित एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरी बृत्त कालीमाटीले विशेष सुचनाकाे अाधारमा छापा मार्दा नागर्जुन नगरपालिका स्युचाटारवाट चरेस सहित एक जनालाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्तका कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक रूगँम कुवरले जिल्ला मकवानपुर थाहानगपालिका ७ हाल नागर्जुन नगरपालिका स्युचाटार डेरा गरि वस्ने बर्ष ५४ काे कुमार भन्ने रामवहादुर थापालाई उनकै डेरावाट पक्राउ गरिएको बताए ।


प्रनाउ कुवरले भने,”विगत लामाे समय देखि चरेस तस्करीकाे काम गर्ने मकवानपुरको मनहरी वाट चरेस वसार प्रसार गर्दै अाएकाे भन्ने सुचनाकाे अाधारमा हामी उनलाई निगरानीमा राखेकाे थियाे, पक्राउ गर्याे, उनले युवापुस्ताहारूलाई सानाे सानाे परिणामकाे चरेसलाई पनि महङ्गाेमा विक्रि गर्दै अाएका थिए ।

महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार थापाकाे साथवाट ४ केजी १८ ग्रामीण चरेस बरामद गरेकाे जनाएकाे छ ।
प्रहरीका अनुसार थापालाई लागुअाैषध एेन २०३३ अन्तर्गत म्याद थप मुद्दा चलाउने तयार गरिएको छ ।

प्रकाशित : २०७६, २१ माघ मंगलवार १०:१२